Kath Khabar
प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा मन्त्रिपरिषद् हेरफेर

            काठमाडौं, असार १२। राष्ट्रपति विद्यादेवी भण्डारीले गत असार २९ गते गठित मौजुदा मन्त्रिपरिषदमा प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद् हेरफेर भएको छ।

हालको मन्त्रिपरिषदमा नेकपा (एकीकृत समाजवादी)का मन्त्रीहरू हेरफेर भएका हुन्। राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा (९) तथा धारा ७८ को उपधारा (१) बमोजिम प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा चार मन्त्री र एक राज्यमन्त्रीको नियुक्ति र कार्यविभाजन तोक्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

नयाँ मन्त्रीहरुमा जीवनराम श्रेष्ठ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, मेटमणि चौधरी सहरी विकास मन्त्रालय, भवानीप्रसाद खापुङ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र शेरबहादुर कुँवरले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी प्राप्त गर्नुभएको छ ।

त्यसैगरी राज्यमन्त्रीमा हिराचन्द्र केसी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय हुनुहुन्छ । नेकपा (एकीकृत समाजवादी) का तर्फबाट सरकारमा उहाँहरुलाई सहभागी गराइएको हो ।
 

प्रकाशित मिति: आइतबार, असार १२, २०७९  २२:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update