Kath Khabar
रञ्जु दर्शनाले काठमाण्डौ क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिने


      काठमाडौं, असार १९। विवेकशिल साझा पार्टी छाडेर स्वतन्त्र हुनुभएकी नेता रञ्जु दर्शनाले आगामी प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिने हुनुभएकोछ । उहाँले सामाजिक सञ्जाल मार्फत आफू चुनाव लड्ने कुरा जानकारी दिनुभएको हो । उहाँले स्वतन्त्र उम्मेदवारी दिन लाग्नुभएको हो ।

यसअघि विवेकशील पार्टीबाट काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएसँगै चर्चामा रहनु भएकी दर्शना पछिल्लो समय राजनीतिबाट टाढा हुनुहुन्थ्यो ।

उहाँले २०७४ सालको स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरको मेयरमा उम्मेदवार दिनुभएकी दर्शनाले तेश्रो स्थान पाउनु भएको थियो । उहाँले २३ हजार ४ सय ३९ मत पाउनु भएको थियो ।

 

 

प्रकाशित मिति: आइतबार, असार १९, २०७९  ०९:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update