जापानका पूर्वप्रधानमन्त्री आबेको निधनप्रति शनिबार राष्ट्रिय शोक मनाइने

काठमाडौं, असार २४ । नेपालले मित्र राष्ट्र जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधनप्रति दुःख व्यक्त गर्दै उहाँको सम्मानमा यही असार २५ गते शनिबारलाई राष्ट्रिय शोकको घोषणा गरेको छ ।
आज बसेको मन्त्रिपरिषद्को बैठकले स्वर्गीय आबेको सम्मानमा शनिबारलाई राष्ट्रिय शोकको घोषणा गर्ने निर्णय गरेको छ । बैठकले पूर्वप्रधानमन्त्री आबेको गोली प्रहार गरी हत्या भएकामा उक्त निन्दनीय कार्यको भत्सर्ना गरेको छ ।
नेपाल सरकारले उहाँको निधनप्रति दुःख व्यक्त गर्दै जापान सरकार, जापानी जनता र स्व आबेको परिवारजनप्रति समवेदना व्यक्त गरेको छ ।
प्रकाशित मिति: शुक्रबार, असार २४, २०७९ २१:५१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय