Kath Khabar
प्रहरीलाई प्रविधि चाहिएको छ, हतियार चाहिने अवस्था छैन

           काठमाडौं, असार २७ ।  प्रतिनिधिसभाको आजको बैठकमा मुलुकको वर्तमान आर्थिक अवस्थामा प्रहरीलाई हतियार खरिद गर्न लागिएको भन्दै प्रमुख प्रतिपक्षी दलका सांसद नवराज सिल्वालले आपत्ति जनाउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठक प्रारम्भ हुनेबित्तिकै उहाँले प्रहरीलाई हतियार भन्दा पनि प्रविधि चाहिएको जिकिर गर्नुभयो । उहाँले सरकारले रकमान्तर गरेर प्रहरीलाई हतियार खरिद गर्न लागेको आरोप लगाउनुभयो।

सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सिलवालले गठबन्धनका नेताहरुलाई पैसा जम्मा गर्न हतियार खरिद गर्न अर्थमन्त्रीले जाँदाजाँदै हतियार किन्न राज्य कोषको रकम रकमान्तर गरेको आरोप लगाए । नेपाल प्रहरीलाई आज हतियार चाहिने अवस्था छैन ।

प्रहरीका अधिकारीहरुलाई सोध्दा कसैलाई हतियार किन्ने जानकारी पनि छैन । नेपाल प्रहरीलाई अहिले व्यारेक र प्रविधि चाहिएको छ’, सिलवालको भनाइ छ । उनले ११५० थान सटगन, १ हजार थान पेस्तोल र २५ हजार थान सेल लगायतका हतियार खरिद गर्ने भन्ने बाहिर आइरहेको भन्दै यदि ति हतियारहरू खरिद गरिए राष्ट्रघात हुने बताए ।

उनले गठबन्धनलाई कमिसन र पैसाको लोभमा राष्ट्रको अर्थतन्त्र तहसनहस बनाउन लागिएको बताए । उनले ति हतियारको मूल्य ८४ करोडको एक तिहाइ पनि नपर्ने तर मूल्य बढाएर कमिसनकै लागि हतियार किन्न लागिएको आरोप लगाए ।

प्रकाशित मिति: सोमबार, असार २७, २०७९  १२:११
प्रतिक्रिया दिनुहोस्
Weather Update