Kath Khabar
खनाल-नेपाल एमाले पार्टी साधारण सदस्य समेत रहेनन्

काठमाडौं, जेठ १० । नेकपा एमालेले वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपालसहित ११ जनालाई पार्टीको साधारण सदस्य समेत नरहने गरि कारबाही गरेको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार बसेको स्थायी कमिटी बैठकले खनाल र नेपालसहित ११ सांसदलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको बताउनु भएको छ ।

पार्टीबाट निष्कासित हुनेमा खनाल र नेपालसहित भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, सरला यादव, लक्ष्मी कुमारी चौधरी, निरादेवी जैरु, पुष्पाकुमारी कर्ण, कलिला खातुन रहनु भएको छ । उहाँहरुले पार्टी विरुद्ध गतिविधि गरेको भन्दै साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको थापाको भनाई रहेको छ । 

शनिबार बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले विपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको भन्दै खनाल-नेपालसहित ११ सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । तर, कसैले पनि स्पष्टीकरणको जवाफ नबुझाएपछि एमालेले उहाँहरुलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको हो ।

प्रकाशित मिति: सोमबार, जेठ १०, २०७८  १९:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update