जनार्दन शर्मा फेरि अर्थमन्त्रीमा !

काठमाडौं, साउन १५ । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा पुनः अर्थमन्त्रीको बन्ने भएका छन् । संसदीय समितिले सफाइ दिएलगत्तै शर्मा पुनः अर्थमन्त्रीमा नियुक्त हुन लागेका हुन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड अर्थमन्त्रीमा जनार्दनलाई नै नियुक्त गर्ने प्रस्ताव लिएर प्रचण्ड बालुवाटार पुगेका छन् ।
बजेट निर्माणका क्रममा करका दर हेरफेर भएको आरोपमा संसदीय छानबिन समिति गठन भएपछि शर्माले असार २२ गते राजीनामा दिएका थिए । आजै शर्मालाई अर्थमन्त्रीमा नियुक्त गरेर सपथ हुने स्रोतको दाबी छ ।
बजेट निर्माणको क्रममा अनधिकृत व्यक्ति सहभागी नभेटिएको निष्कर्षसहित समितिले शुक्रवार प्रतिनिधि सभा बैठकमा पेश गरेको थियो ।
प्रकाशित मिति: आइतबार, साउन १५, २०७९ १३:०१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय