Kath Khabar
प्रतिनिधिसभा र प्रदेश सभाको चुनाव मङ्सिर ४ गते एकै चरणमा गर्ने सरकारको निर्णय


            काठमाडौं, साउन १९ । नेपाल सरकारले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन २०७९ साल मङ्सिर ४ गते एकै चरणमा गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषदको आज बसेको बैठकले सो निर्णय गरेको प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिनुभयो । निर्वाचन आयोगको प्रस्ताव समेतको आधारमा नेपाल सरकार मन्त्रिपरिषदको आजको बैठकले सो निर्णय गरेको हो ।
 

 

 

प्रकाशित मिति: बिहीबार, साउन १९, २०७९  १४:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update