Kath Khabar
मध्यपश्चिम विश्वविद्यालयका कागजपत्र अख्तियारको नियन्त्रणमा


                   वीरेन्द्रनगर, साउन २७ । मध्यपश्चिम विश्वविद्यालयका कागजपत्र अख्तियार दुरूपयोग अनुसन्धान आयोगको सुर्खेत कार्यालयले नियन्त्रणमा लिएको छ।

विश्वविद्यालयविरूद्ध अख्तियारमा उजुरी परेपछि कार्यालयले कागजपत्रहरू नियन्त्रणमा लिएको हो। विभिन्न विषयसँग सम्बन्धित उजुरी कार्यालयमा पर्न थालेपछि अनुसन्धानका लागि विश्वविद्यालयका कागजात नियन्त्रणमा लिइएको हो।

विश्वविद्यालयमा शिक्षक तथा कर्मचारी नियुक्ति प्रक्रिया, छात्रवृत्ति लगायतका विषयमा अख्तियारमा उजुरी परेको कार्यालयले जनाएको छ। विश्वविद्यालयका विषयमा कार्यालयमा उजुरी परेकाले अनुसन्धानका लागि कागजपत्र नियन्त्रणमा लिइएको सूचना अधिकारी भेषराज रिजालले जानकारी दिए।

अख्तियारको नियमित प्रक्रियाअनुसार नै अनुसन्धानसँग जोडिएका कागजात टोलीले नियन्त्रणमा लिएको उनको भनाइ थियो।

प्रकाशित मिति: शुक्रबार, साउन २७, २०७९  २०:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update