Kath Khabar
राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा नागरिकता विधेयक प्रतिनिधि सभामा फिर्ता


              काठमाडौं, साउन २९ । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रतिनिधि सभामा फिर्ता पठाउनुभएको छ । 

नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा नेपालको संविधान बमोजिम नागरिकता प्राप्ति सम्बन्धी विषयमा संघीय संसदबाट पुनर्विचार हुन आवश्यक देखिएकोले नेपालको संविधानको धारा ११३ को उपधारा (३) बमोजिम राष्ट्रपति भण्डारीले उक्त विधेयक प्रतिनिधि सभामा फिर्ता पठाउनुभएको जारी विज्ञप्तिमा जनाइएको छ ।

प्रकाशित मिति: आइतबार, साउन २९, २०७९  २१:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update