Kath Khabar
एकाबिहानै टिप्परमा आगजनी

              दाङ्ग, भदौ ७ ।  नेपाल बन्दको आह्वान गरेका ४ दलीय बन्दकर्ताकाले दाङमा एकाबिहानै टिपर जलाएका छन् । आज मंगलबार बिहान घोराहीबाट लमहीतर्फ जाँदै गरेको रा १ ख १६९४ नम्बरको टिप्परमा उनीहरुको आगजनी गरेका हुन् । सडकमा बन्दकर्ताको खासै उपस्थिति नभए पनि ४-५ जनाको समूहमा रहेका बन्दकर्ताले टिप्परमा आगजनी गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार घटनाको जानकारी पाए लगत्तै प्रहरी घटनास्थल पुगेको थियो । तर बन्दकर्ता आगजनी गरेको भागेका छन् । उनीहरुको खोजी तथा अनुसन्धान शुरु गरिएको छ ।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा सहित ४ दलले आज नेपाल बन्दको घोषणा गरेका छन् । आफ्नो पार्टीका नेताहरुलाई विगतमा भएको ३ बुँदे राजनीतिक सहमति विपरीत सरकारले पक्राउ पुर्जी जारी गरेको र भ्रष्टाचार तथा महँगी बढिरहेको भन्दै त्यस विरुद्ध बन्द आह्वान गरिएको छ ।

त्यसैगरी मंगलबार उपत्यकामा केही बन्दकर्ताहरुले बिहानै महानगरको केही गाडी तोडफोड गरेका थिए । नेपाल बन्द गराउन सडकमा निस्केका १८ जनालाई प्रहरीले पक्राउ गरेको उपत्यका प्रहरी कार्यालयका प्रवक्ता (एसपी) सन्तोष सिंह राठौरले जानकारी दिए ।

प्रकाशित मिति: मंगलबार, भदौ ७, २०७९  १२:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update