Kath Khabar
कीर्तिपुर नगरपालिकाले पनि अवैध संरचना भत्काउदै

                काठमाडौं, भदौ ९।  काठमाडौंको कीर्तिपुर नगरपालिकाले पनि अवैध रूपमा बनाएका संरचना भत्काएको छ।  बिहीबार नगरपालिकाको वडा नम्बर १० नयाँ बजारमा रहेको नगरपालिकाको नयाँ कार्यालय भवन नजिकैको एक घरको कम्पाउन्डमा बनाएको अवैध संरचना भत्काएको मेयर राजकुमार नकर्मीले जानकारी दिए। 

जयबहादुर महर्जनको घर जग्गामा बनाएको संरचना भत्काएको हो। नक्सा पास नभएको ठाउँमा संरचना बनाएको, अग्लो पर्खाल बनाएको र त्यहाँ टहरा बनाएको भन्दै नगरपालिकाले डोजर लगाएर भत्काएको हो। 

‘हामीले ३ दिने सूचना जारी गरेका थियौं। तर सूचनाको अटेरी गरेपछि अवैध संरचना भत्काएका हौं,’ मेयर नकर्मीले भने। यो कामलाई निरन्तरता दिने उनले बताए। ‘यत्तिकै गएर भत्काउन मिल्दैन। त्यसैले सूचना दिँदै हामी अवैध संरचना भत्काउँछौं,’ उनले भने। 

प्रकाशित मिति: बिहीबार, भदौ ९, २०७९  १३:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update