Kath Khabar
सत्तागठबन्धनको बैठक निष्कर्ष विहिन

               काठमाडौं, भदौ ९। आगामी निर्वाचनमा सिट बाँडफाँट गर्ने बारे छलफल गर्न बसेको सत्ता गठबन्धनको बैठक बिनानिष्कर्ष टुंगिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको गठबन्धनका शीर्ष नेतासहित सिट बाँडफाँट गर्न बनेको कार्यदलका सदस्यहरू सहितको बैठकमा सामान्य छलफल भए पनि निष्कर्षमा पुग्न नसकिएको नेताहरूले बताएका छन् ।

आजै दिउँसो साढे ३ बजे पुनः कार्यदलको अर्को बैठक बस्ने गरी बैठक सकिएको नेताहरुले बताएका छन् । दिउँसो बस्ने बैठकमा भने कार्यदलका नेताहरूले सिट संख्या सहित प्रस्तुत हुने समझदारी छ ।

१६५ निर्वाचन क्षेत्रकै अवस्थाको अध्ययन गरी प्रतिवेदन पेश गर्न कार्यदललाई निर्देशन दिएको छ । बैठकले देशभरका निर्वाचन क्षेत्रको अवस्थाबारे अध्ययन गरी विस्तृत प्रतिवेदन पेश गर्न कार्यदललाई निर्देशन दिएको हो ।

गठबन्धनको बैठकमा नागरिकता विधेयक, शान्ति प्रक्रिया लगायत विषयमा समेत छलफल भएको छ । दलहरूबीच पटक-पटक छलफल भए पनि सिट बाँडफाँटको विषयमा भने दलहरूबीच अहिलेसम्म समझदारी बन्न सकेको छैन ।

प्रकाशित मिति: बिहीबार, भदौ ९, २०७९  १४:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update