Kath Khabar
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बयान शुरु

              काठमाडौं, भदौ १५ ।  महाभियोग सिफारिस समितिको बैठक डेढ घण्टा ढिलो गरी सुरु भएको छ। बिहान १०ः५५ मा सिंहदरबार पुगेका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले करिब डेढ घण्टा वेटिङ गरेपछि बैठक सुरु भएको हो।

जबरासँग खुला बयान लिने की बन्द भन्ने विषयमा समितिका सदस्यहरुबीच छलफलका कारण डेढ घण्टा ढिलो गरी बैठक सुरु भएको हो। समितिले जबरासँग ४३ वटा प्रश्नको लिखित र मौखिक जवाफ माग्नसक्ने बताइएको छ। उनीविरुद्ध नेपाल बार र सर्वोच्च बार एशोसियसन, पूर्वन्यायाधीश फोरम, कानुन व्यवसायीहरूका संगठन र व्यक्तिगतरूपमा प्रमाण आएका बताइएको छ।

उहाँ सिंहदरबारस्थित कानून, न्याय तथा मानवअधिकार समितिको बैठक कक्षमा पुग्नुभएको हो । महाअभियोग समितिले आज बुधबार उहाँलाई बयानका लागि बोलाएको हो । नेपालको न्याययिक तथा संसदीय इतिहासमा पहिलो पटक प्रधानन्यायाधीशसँग बयान लिन लागिएको छ ।

प्रकाशित मिति: बुधबार, भदौ १५, २०७९  १३:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update