Kath Khabar
असन, इन्द्रचोकस्थित मन्दिर परिसरका पसल हटाउन महानगरको निर्देशन

 

              काठमाडौं, भदौ २० ।  काठमाडौंको असन, इन्द्रचोकमा रहेका मन्दिर परिसरमा नियम विपरीत खुलेका पसलहरु हटाउन महानगरले २४ घण्टे अल्टिमेटम दिएको छ । काठमाडौं महानगरपालिका-२५ का वडा कार्यालयले सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो ।

महानगरका अनुसार यसअघि पनि पटकपटक आग्रह गरे पनि व्यापारीले अटेर गरेकाले हिजो फेरि २४ घण्टे अल्टिमेटम दिइएको हो । निर्देशन अनुसार यस्ता पसलहरु नहटाएमा भोलि नै आफैले हटाउने महानगरले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, भदौ २०, २०७९  १०:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update