Kath Khabar
संसदमा कलाकार अपूर्व क्षितिजलाई रिहाइ गर्न माग



                 काठमाडौं, भदौ २२ । प्रतिनिधिसभाको आजको बैठकमा कलाकार अपूर्व क्षितिज सिंहलाई रिहाइ गर्न माग गरिएको छ ।

बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का प्रमुख सचेतक विशाल भट्टराईले कलाकार अपूर्व क्षितिज सिंहले व्यंग गरेर आफ्नो कला प्रस्तुत गरेबापत जेल जानुपरेको उल्लेख गर्नुभयो ।

हास्यकला प्रस्तुत गर्दा कसैलाई मर्का पर्नसक्छ, त्यसैका आधारमा पक्राउ गर्न नमिल्ने बताउँदै उहाँले सिंहलाई तत्काल रिहाइ गर्न माग गर्नुभयो । साथै उहाँले आगामी मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन घोषणा भइसकेको सन्दर्भमा सरकारले दीर्घकालीन महत्वका निर्णय गर्न थालेको र निर्वाचनमा प्रभाव पार्ने गरी कर्मचारीको सरुवा गरेको आरोप लगाउँदै तत्काल त्यस्ता कार्य बन्द गर्न सरकारसँग माग गर्नुभयो ।

 

 

 

 

प्रकाशित मिति: बुधबार, भदौ २२, २०७९  १५:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update