Kath Khabar
नेविसंघ र प्रहरीबीच ढुंगा हानाहान

             काठमाडौं, २६ भदौ ।  स‌ंसदको दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पुगेको नागरिकता विधेयक अहिलेसम्म पारित नगरी राष्ट्रपतिले शितल निवासमा विभिन्न व्यक्तिहरूसँग भेला गरेकोमा नेविसंघले आपत्ति जनाएको छ। ।

लाखौं मानिस नागरिकता विहीन रहेको भन्दै उनले संसदबाट पारित विधेयक राष्ट्रपतिले संविधानअनुसार पारित गर्नुपर्ने नेविसंघ त्रिचन्द्रका नेता नारायण पाण्डेले बताए। 

नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्न ढिलाइ गरेकोमा नेविसंघले पुत्ला दहन गरेको थियो। सो क्रममा प्रहरीले हस्तक्षेप गरेको भन्दै नेविसंघले ढुंगा प्रहार गरेको छ। आज बिहान १० बजेदेखि नेविसंघ र प्रहरीबीच ढुंगा हानाहान भएको हो।


 

 

प्रकाशित मिति: आइतबार, भदौ २६, २०७९  १४:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update