काठमाडौं, भदौ २७ । सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकांग्रेस, स्थायी समितिका अध्यक्ष ली झान्सु नेपालको औपचारिक भ्रमणमा आज काठमाडौँ आइपुग्नुभएको छ ।
उहाँ विशेष विमानबाट आज अपराह्न काठमाडौँ आउनुभएको हो । अध्यक्ष लीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सभामुख सापकोटाले स्वागत गर्नुभयो । अध्यक्ष लीले यही भदौ ३० गतेसम्म गर्ने चार दिने भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्नुहुनेछ ।
यसैगरी उहाँले प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गर्नुहुनेछ । नेता लीले यस भ्रमणका क्रममा नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गर्ने कार्यक्रम छ ।
अध्यक्ष झान्शुले यही आज भदौ २७ देखि ३० गतेसम्म नेपाल औपचारिक भ्रमण गर्नुहुनेछ ।