निलम्बित प्रधानन्यायाधीश जबरासँग पूरक प्रश्नका लागि आज पुनः बयान लिदै समिति
काठमाडौं, भदौ ३१ । महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासँग बयानको पूरक प्रश्नका लागि आज बोलाएको छ । आज बिहान ९ बजेदेखि बसिरहेको संसदीय महाभियोग सिफारिस समितिको बैठकमा पुनः निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग बयान लिँदैछ ।
बिहीबार महाअभियोग सिफारिस समितिले वरिष्ठ अधिवक्ताहरु चण्डेश्वर श्रेष्ठ, शम्भु थापा, ओमप्रकाश अर्याल, पूर्णमान शाक्य लगायतसँग बयान लिएको थियो। प्रधानन्यायाधीश जबराले समितिसँग बयानका क्रममा अधिवक्ताहरुलाई आफूसँग पदको बार्गेनिङ गर्न आएको आरोप लगाएका थिए । तर बयानका क्रममा अधिवक्ताहरूले भने आफूहरुमाथि जबराले लगाएको आरोप गलत रहेको दाबी गरेका थिए ।
प्रकाशित मिति: शुक्रबार, भदौ ३१, २०७९ ०९:५९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय