Kath Khabar
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई बयानमा हस्ताक्षर गराउने तयारी

             काठमाडौं, भदौ ३१ ।  आजको बैठकमा उहाँसँग पूरक प्रश्न नसोधि निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले महाअभियोग सिफारिस समितिमा दिएको बयानमा हस्ताक्षर गराइँदैछ । समितिका प्रवक्ता लक्ष्मीप्रसाद गौतमका अनुसार समितिले बयानमा केन्द्रित रहेर प्रतिवेदन लेख्ने काम गरिरहेको जानकारी दिनुभयो ।

सकेसम्म आज बेलुकासम्म प्रतिवेदन तयार पारेर भोलिसम्ममा प्रतिनिधि सभामा पेस गरिने समिति सचिव गौतमले जानकारी दिनुभएको छ । यसअघि हिजो समितिले बयानका क्रममा जबराले नाम लिएका नेपाल बार एसोसिएशनका पदाधिकारी, पूर्वपदाधिकारी र वरिष्ठ अधिवक्ता, अधिवक्तासँग छलफल गरेको थियो ।

 

प्रकाशित मिति: शुक्रबार, भदौ ३१, २०७९  १२:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update