काठमाडौं, भदौ ३१ । शुक्रबार बिहान अध्यक्ष भट्टराईले सामाजिक संजाल ट्वीटर मार्फत महानगरपालिकालाई व्यवस्थित गर्ने र नदीलाई पुनर्जीवन दिने मेयर साहको अभियानको नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुरामभट्टराईले प्रशंसा समेत गर्नुभएको छ । उहाँले स्वरोजगार श्रमिकको बाध्यतालाई बुझ्नका लागि मेयर साहसँग आग्रह समेत गर्नुभएको छ ।
संसारभर स्वरोजगार श्रमिकहरू फुटपाथ वा सार्वजनिक ठाउँमा व्यवसाय गर्न बाध्य रहेको उहाँको तर्क छ । भट्टराईले फुटपाथको व्यापारबाट विस्थापित स्वरोजगार श्रमिकलाई ठाउँ र समय तोक्न सुझाव दिएका थिए।
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले स्वरोजगार श्रमिकलाई विकल्प दिन पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले दिएको सुझावप्रति जवाफ फर्काएका छन्। भट्टराईको यस ट्वीटमा जवाफ दिँदै बालेनले लेखेका छन्, ‘यो कुरा त तपाइँले हजारौँको घर भत्काएर फुटपाथ बनाउँदा पनि सोच्नुपर्थ्यो नि।’