Kath Khabar
भोलि शनिवार राति १२ बजेदेखि संसद् अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस

              काठमाडौं, भदौ ३१ ।  सरकारले आउँदो चुनावबाट गठन हुने संसद्को पहिलो बैठक बस्नु अघिसम्म यो संसद्को कार्यकाल कायम हुने गरी कानुन संशोधन गर्न संसदमा विधेयक ल्याएकोमा विरोध भएपछि प्रधानमन्त्री निवास बालुवाटारमा आज शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्यका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको एक मन्त्रीले जानकारी दिनुभयो । यसअघि राजनीतिक दलहरूबीच संसद्को कार्यकालबारे विवाद रहेको थियो ।

आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावका लागि निर्वाचन आयोगले आउँदो आइतवार र सोमवारका लागि समानुपातिक तर्फ उम्मेदवारको बन्दसूची बुझाउने कार्यक्रम तोकेको छ । समानुपातिक तर्फ उम्मेदवारको बन्दसूची बुझाउने अघिल्लो दिनसम्म चालु संसद्को कार्यकाल रहने व्यवस्थाअनुसार भोलि राति १२ बजेपछि संसद्को कार्यकाल सकिँदैछ ।

सरकारले संसद् अधिवेशन अन्त्यका लागि सिफारिस गरेसँगै संसदमा रहेका २७ वटा विधेयक निष्क्रिय हुने भएका छन् । यसैबीच प्रतिनिधि सभाको अन्तिम बैठक भोलि दिउँसो १ बजे बस्दैछ ।
 

प्रकाशित मिति: शुक्रबार, भदौ ३१, २०७९  १६:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update