
काठमाडौं, असोज ७। राष्ट्रपति विद्यादेवी भण्डारीबिरुद्ध सर्वोच्चमा परेको रिटमाथि आज सुनुवाइ हुँदैछ । राष्ट्रपति भण्डारीले नागरिकता संशोधन विधेयक प्रमाणीकरण नगरी संवैधानिक दायित्व पूरा नगरेको भन्दै सर्वोच्चमा रिट परेको हो ।
अधिवक्ता सागर बराल तथा सौगातराज बराल, काठमाडौं स्कुल अफ ल मा अध्ययनरत अविनेश अधिकारीले संयुक्त रुपमा राष्ट्रपति भण्डारीविरुद्ध बुधबार नै रिट दर्ता गराएका हुन् । नागरिकता संशोधन विधेयक प्रमाणीकरण नगरी संवैधानिक दायित्व पूरा नगरेको भन्दै राष्ट्रपतिविरुद्ध बिहीबारसम्ममा झण्डै एक दर्जन रिट परेका थिए । रिटमाथि रिटमाथि आजै सुनुवाइ हुने सर्वोच्च स्रोतले जनाएको छ ।
त्यस्तैगरी रिटमा राष्ट्रपतिलाई संविधानको धारा ११३ को उपधारा ४ बमोजिम विधेयक प्रमाणीकरण गर्नु भनी सर्वोच्चमा परमादेश माग गरिएको छ ।