नागरिकता विधेयकमाथिको सुनुवाइ आइतबारलाई सर्यो
काठमाडौं, असोज ७। राष्ट्रपति विद्यादेवी भण्डारीबिरुद्ध सर्वोच्चमा परेको रिटमाथि आज हुने भनिएको सुनुवाइ आगामी आइतबारलाई सरेको छ ।
राष्ट्रपति भण्डारीले नागरिकता संशोधन विधेयक प्रमाणीकरण नगरी संवैधानिक दायित्व पूरा नगरेको भन्दै सर्वोच्चमा परेको रिटको आज सुनुवाई हुने भनिएको थियो । नागरिकता संशोधन विधेयक प्रमाणीकरण नगरी संवैधानिक दायित्व पूरा नगरेको भन्दै राष्ट्रपतिविरुद्ध बिहीबारसम्ममा झण्डै एक दर्जन रिट परेका थिए ।
प्रकाशित मिति: शुक्रबार, असोज ७, २०७९ १६:१४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय