१५ दिनभित्र नागरिकता विधेयक प्रमाणीकरण नगर्नुको लिखित कारण पेश गर्न राष्ट्रपतिलाई सर्वोच्चको आदेश

काठमाडौं, असोज ९ । सर्वोच्च अदालतले राष्ट्रपति कार्यालयसँग नागरिकता विधेयक प्रमाणीकरण नगर्नुको कारणबारे १५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश जारी गरेको छ ।
न्यायाधीश हरि फुयालको एकल इजलासले रिटलाई अग्राधिकार दिँदै राष्ट्रपति कार्यालयसँग लिखित जवाफ मागेको हो । अदालतले १५ दिनभित्र लिखित कारण पेश गर्न आदेश जारी भएको बताइएको छ ।
नागरिकतासम्बन्धी विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण नभएपछि सर्वोच्च अदालतमा उत्प्रेषण परमादेशको मागसहित पाँच वटा रिट निवेदन दर्ता भएका थिए ।
प्रकाशित मिति: आइतबार, असोज ९, २०७९ १७:१०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय