Kath Khabar
कमेडी च्याम्पियन हिमेश पन्त प्रतिनिधि सभामा उम्मेदवारी दिंदै

              काठमाडौं, असोज १२ ।  नेपालको प्रथम कमेडी च्याम्पियन हिमेश पन्त धादिङबाट प्रतिनिधि सभामा उम्मेदवार बन्ने भएका छन्। उनलाई रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार सिफारिस गरेको हो। 

रियालिटी शो ‘कमेडी च्याम्पियन’ बाट चर्चामा आएका पन्त धादिङकै स्थानीय हुन्। उनी राष्ट्रिय स्वतन्त्र पार्टीबाट आगामी मंसिर ४ गते हुने प्रत्यक्ष तर्फको निर्वाचनमा धादिङ क्षेत्र नम्बर १ बाट उम्मेदवार सिफारिस भएका हुन्।

प्रकाशित मिति: बुधबार, असोज १२, २०७९  १३:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update