Kath Khabar
'देउवाले एकलौटी गरे’ भन्दै कांग्रेसको कोइराला पक्षद्वारा केन्द्रीय कार्यालयमै धर्ना

               काठमाडौं, असोज १२ ।  चुनावको टिकट वितरणमा चरम गुटबन्दी गरेको भन्दै नेपाली कांग्रेसको शेयर कोइराला पक्षले पार्टी कार्यालमै धर्ना दिएको छ। शेखर कोइराला पक्षका नेता, कार्यकर्ताले आज बुधवार केन्द्रीय कार्यालय सानेपामा धर्ना सुरु गरेका हुन् । उनीहरूले समान अवसर र न्यायको निम्ति धर्ना कार्यक्रम लेखिएको ब्यानर पनि टाँगेका छन् ।

आउँदो मङ्सिर ४ गते हुने चुनावमा समानुपातिकतर्फको बन्दसूचीमा सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो गुट र आफन्तको मात्रै नाम समावेश गरेको तथा प्रत्यक्षतर्फको टिकटमा पनि भेदभाव गरिरहेको भन्दै कोइराला पक्षले धर्ना दिएको हो ।

धर्नामा शेखर कोइराला, गगन थापा, धनराज गुरुङ लगायतका शीर्ष नेताहरू भने उपस्थित छैनन् । शीर्ष नेता नआए पनि उहाँहरूको समर्थन रहेको नेता गुरुराज घिमिरेले बताउनुभयो । आफूहरूको आन्दोलन पार्टी  र कुनै नेताको विरुद्धमा नभइ पार्टीभित्रको अन्याय विरुद्ध भएको घिमिरेको भनाइ छ । 
 

प्रकाशित मिति: बुधबार, असोज १२, २०७९  १४:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update