वरिष्ठ उपाध्यक्षकाे पद संगै रवीन्द्र मिश्र राप्रपामा प्रवेश
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन पछिको वरीयतामा रहने गरी वरिष्ठ उपाध्यक्ष पदसहित मिश्र राप्रपामा प्रवेश गर्नुभएको हो

काठमाडौं, असोज १२ । विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवेश गर्नुभएको छ । आज बुधवार काठमाडौंमा एक कार्यक्रमकाबीच मिश्र राप्रपा प्रवेश गर्नुभएको हो ।
पार्टी प्रवेश कार्यक्रममा बटुकहरूले स्वस्तिवाचन र शङ्खघोष गरेका थिए । राप्रपा र रवीन्द्र मिश्र समूहबीच एकता भएको हो । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन पछिको वरीयतामा रहने गरी वरिष्ठ उपाध्यक्ष पदसहित मिश्र राप्रपामा प्रवेश गर्नुभएको हो ।
यसअघि सोमवार मिश्रले विवेकशील साझा पार्टीको साधारण सदस्यबाट समेत राजीनामा दिनुभएको थियो । मिश्र काठमाडौं क्षेत्र नम्बर १ बाट चुनावी प्रतिस्पर्धाको तयारीमा हुनुहुन्छ ।
प्रकाशित मिति: बुधबार, असोज १२, २०७९ १४:५९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय