Kath Khabar
नेपाली कांग्रेसले यो बर्ष शुभकामना आदान-प्रदान तथा चियापान कार्यक्रम नर्गने



               काठमाडौं, असोज २१ । नेपाली कांग्रेसले यो बर्ष शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम नर्गने भएको छ । नेपाली कांग्रेसका अनुसार कोजाग्रत पूर्णिमाका दिन आयोजना गरिदै आएको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम यो वर्ष नगरिने भएको हो ।

वि.सं. २०३३ सालमा जननायक बी.पी. कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि २०३४ सालदेखि प्रत्येक वर्ष नेपाली कांग्रेसले कोजाग्रत पूर्णिमाको दिनमा चियापान कार्यक्रम गरी शुभकामना आदान–प्रदान गर्ने परम्परा रहँदै आएकोमा आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य पदको निर्वाचनका लागि कोजाग्रत पूर्णिमाकै दिन (असोज २३ गते) नै पहिलो हुने निर्वाचित हुने प्रणाली अन्तर्गत उम्मेदवारहरुले उम्मेदवारी मनोनयन गर्नु पर्ने भएको कारण यस वर्षकोे असोज २३ गते कोजाग्रत पूर्णिमाको दिन हुने शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम आयोजना नगरिने काँग्रेसले जनाएको छ ।

 

प्रकाशित मिति: शुक्रबार, असोज २१, २०७९  १४:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update