
काठमाडौं, असोज २६ । निर्वाचन आयोगले उम्मेदवारी फिर्ता लिन दिएको समय सकिएको छ । आउँदो निर्वाचनका लागि प्रत्यक्षतर्फ मनोनयन दर्ता गराएका उम्मेदवारका लागि मनोनयन फिर्ता लिन आज (बुधबार) दिउँसो १ बजेसम्मलाई समय दिईएको थियो ।
उम्मेदवारी फिर्ता र खारेजीपछि कायम रहेका उम्मेदवारहरुको अन्तिम नामावली आयोगले दिउसो ३ बजेभित्र प्रकाशन गर्ने र उम्मेदवारहरुलाई आजै चुनाव चिह्न प्रदान गर्ने निर्वाचन कार्यतालिका रहेको छ । अन्तिम नामावली प्रकाशन हुनुअघि कसैले आफ्नो उम्मेदवारी फिर्ता लिने भए फिर्ता लिन सक्ने आयोगले जनाएको छ ।
सत्ता गठबन्धनले पनि आज दिउँसो १ बजेभित्र बागी उम्मेदवारी फिर्ता लिइसक्न निर्देशन दिएको थियो। नेपाली कांग्रेसले तोकिएको समयभित्र बागी उम्मेदवारले उम्मेदवारी फिर्ता नलिए स्वतः कारबाहीमा परेको मानिने बताएको छ।