Kath Khabar
प्रचण्डलाई सात हजार मतान्तरले जित्ने बुर्लाकोटीको दाबी, यस्तो छ आधार



                 काठमाडौं, असोज २८। आसन्न मंसिर ४ गते हुन आमनिर्वाचनमा गोरखा-२ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)सँग हुने चुनावी भिडन्त चासोको केन्द्रबिन्दुमा छ । उक्त स्थानमा प्रचण्ड र रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीबीच हुने प्रतिस्पर्धा रोचक हुने अनुमान छ ।

गत २०७४ सालमा भएको प्रतिनिधिसभा निर्वाचनमा चितवन-३ बाट बाजी मारेका प्रचण्डलाई यस पटक जित निकाल्न सकस हुने बुर्लाकोटी दाबी गर्नुहुन्छ । ९८ हजार मतदाता रहेको उक्त क्षेत्रमा ३० हजार भन्दा बढी मत ल्याएर जित्ने उनको जिकिर छ । त्यहाँ यसपटक ६३ हजार भन्दा बढी मत खस्ने जानकारहरु बताउँछन् । प्रचण्डलाई ७ हजार मतान्तरले जित निकाल्ने बुर्लाकोटी बताउनुहुन्छ ।

उनी भन्छन्, ‘मैले चुनावी गतिविधि सुरु गरिसकेको छु, अधिकांश मतदाताहरुको रुझान यस पटक स्वतन्त्र पार्टीमा देखिएको छ’। बुर्लाकोटी भन्नुहुन्छ, ‘कांग्रेसको ९० प्रतिशत भोट क्रस हुन्छ, एमालेको ३० प्रतिशत र माओवादीका असन्तुटहरुले मलाई भोट दिन्छन्’ । चितवनमा जित्ने आधार नदेखेर गोरखा आएका प्रचण्डको जनाधार खस्किएको धेरैको विश्लेषण छ । स्थापित ठूला पार्टीका शीर्ष नेताहरूप्रतिको वितृष्णा, देशै नरहने हो कि भन्ने जनआक्रोशले कांग्रेस, एमाले र माओवादीका नेताहरूलाई सताएको उहाँ सुनाउनुहुन्छ ।

यो पटकको निर्वाचनमा मत परिवर्तन नगर्ने हो भने आगामी २५ वर्षसम्म पनि देशको हालत नसुध्रिने बुर्लाकोटीको तर्क छ । तपाईँको जित्ने आधार के भन्ने प्रश्नको जवाफमा उहाँ भन्नुहुन्छ, ठूला पार्टीको रगत शुद्ध छैन, हामी शुद्ध मानिस स्वतन्त्र पार्टीमा जोडिएका छौं । प्रचण्डले करोडौं पैसा खर्च गरेपनि चुनाव जित्न नसक्नेमा बुर्लाकोटी ढुक्क रहनु भएको छ ।  

 

 

प्रकाशित मिति: शुक्रबार, असोज २८, २०७९  ०९:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update