प्रभु साह साधारण सदस्यसमेत नरहने गरी निष्कासित
रौतहट जिल्ला कमिटी विघटन

काठमाडौं, असोज २८ । पार्टी विरोधी क्रियाकलापमा संलग्न रहेको भन्दै नेकपा एमालेले प्रभु साहलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासन गरेको छ।
एमालेको टिकट लिएर अन्तिमसमयमा स्वतन्त्र उम्मेदवार दिएपछि साहलाई शुक्रबार एमाले महासचिव शंकर पोखरेलले पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेका हुन् । साहसँगै उपेन्द्र साह र कुन्दनप्रसाद कुशवाहलाई पनि पार्टीबाट निष्कासन गरिएको छ ।
यस्तै नेकपा एमालेले रौतहट जिल्ला कमिटी पनि विघटन गरेको छ ।
प्रकाशित मिति: शुक्रबार, असोज २८, २०७९ १५:४०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय