सहरी विकास मन्त्री चौधरीद्वारा सरकारी गाडी फिर्ता
लमही, असोज २९ । सहरी विकास मन्त्री मेटमणि चौधरीले निर्वाचन आयोगले जारी गरेको आचार संहिताको पालना गर्नुहुंदै यस अघि चढ्दै आउनुभएको बा २ झ ३८४३ नम्बरको सरकारी गाडी फिर्ता गर्नुभएको छ ।
निर्वाचन अवधिमा सरकारी गाडीको दुरुपयोग नहोस् भन्ने उद्देश्यले निर्वाचन आयोगले जारी गरेको आचार संहित अनुरुप मन्त्री चौधरीले शुक्रबारदेखि लु ३ च ३१४ नम्बरको स्कारपियो प्रयोग गरेको प्रेस संयोजक सूर्य बिसीले जानकारी दिनुभयो ।
प्रकाशित मिति: शनिबार, असोज २९, २०७९ १८:५७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय