Kath Khabar
निर्वाचन आचारसंहिता पालना गर्न राजनीतिक दल र उम्मेदवारलाई आयोगको सात बुँदे निर्देशन

 


                    काठमाडौं, कात्तिक २ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता पालना गर्न राजनीतिक दल र उम्मेदवारलाई सात बुँदे निर्देशन दिएको छ ।

आयोगका उपसचिव एवं सहायक प्रवक्ता ऋषिराम भुसालले आज बुधबार विज्ञप्ति जारी गरेर लाभको पदमा रहेका व्यक्तिलाई निर्वाचन प्रचार प्रसारमा सहभागी हुँदा सरकारी स्रोत साधन उपयोग नगर्न, घरदैलोको कार्यक्रम गर्दा सुरक्षाकर्मीहरूसहित २५ जनाभन्दा बढी संख्याको जुलुस लिई नहिँड्न सचेत गराउनुभएको छ ।

आयोगले आचारसंहिताको दफा ५ मा नेपाल सरकार तथा प्रदेश सरकारका मन्त्रीले आफू उम्मेदवार भएको क्षेत्रमा प्रचार प्रसार गर्न बाहेक निर्वाचन आयोगको सहमति नलिई अन्यत्र कुनै दल वा उम्मेदवारको प्रचार प्रसार गर्न नपाइने समेत स्पष्ट गरेको छ ।

 

प्रकाशित मिति: बुधबार, कात्तिक २, २०७९  १५:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update