Kath Khabar
लुम्बिनीमा राष्ट्रिय सभा उपनिर्वाचनमा कांग्रेसका पाण्डेय निर्वाचित

काठमाडौं, जेठ १७ । लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार दृगनारायण पाण्डेय विजयी हुनु भएको छ। उहाँले सोमबार नेकपा एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई ५२८ मतभारले पराजित गर्नुभएको छ । पाण्डेयले ४१४० मत ल्याउनु भएको छ भने खड्काले ३६१२ मत प्राप्त गर्न सफल हुनुभयो। 

कांग्रेस उम्मेदवार पाण्डेयलाई नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह र जसपाको बाबुराम-उपेन्द्र पक्ष र राष्ट्रिय जनमोर्चाको समर्थन थियो।

मतदानमा २९७ जनाले मतदान गरेका थिए। त्यसमध्ये स्थानीय तहतर्फ खसेको २१२ मध्ये पाण्डेयले ११८ मत तथा एमालेका उम्मेदवार खड्काले ९४ मत प्राप्त गर्नु भएको हो।   

प्रदेश सभाका ८३ मतमध्ये पनि एक मत बदर भएको थियो। पाण्डेले ४२ मत प्राप्त गर्नु भएको थियो भने खड्काले ४० मत प्राप्त गर्नु भएको थियो। 
 

प्रकाशित मिति: सोमबार, जेठ १७, २०७८  १८:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update