Kath Khabar
ओलीले अदातलको निर्णयलाई अपहेलना गरे : मन्त्री पौडेल


            बागलुङ, कात्तिक २२ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अदातलको निर्णयलाई अपहेलना गरेको आरोप लगाउनुभएको छ। मंगलबार ताराखोला गाउँपालिकामा चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले केपी ओलीले अदातलको निर्णयलाई परमादेशको सरकार भनेर अदालतको अपहेलना गरेको आरोप लगाउनुभएको हो ।

“जनप्रतिनिधिको सर्वोच्च थलोलाई होच्चाउने र अपमान गर्ने काम केपी ओलीले गर्नुभएको छ ।,” उहाँले भन्नुभयो, “यो सरकार परमादेशबाट जन्मिएको हो भनेर अदालतको निर्णयलाई अपहेलना गर्नुभयो। संविधानमा कार्यपालिका, व्यवस्थापिक र न्यायपालिकालाई छुट्टै प्रकारको अधिकार दिएको बताउनुभएको छ ।

“व्यवस्थापिकाले कानुन निर्माण गर्छ, कार्यापालिकाले कार्यान्व्यन गर्छ र कहिकतै संविधान र कानुनमा अवरोध भयो भने त्यसको व्याख्या र रक्षा गर्ने काम न्यायपालिकाको हो ।”, उहाँले भन्नुभयो,  “न्यापालिकाकोले गरेको निर्णयको ओलीले अपहेलना गर ।” सोमबार बागलुङको बुर्तिबाङ चुनावी सभामा आएका ओलीले वर्तमान सरकार संविधानमै नभएको परमादेशबाट बनेको भन्दै टिप्पणी गर्नुभएको थियो ।

 

प्रकाशित मिति: मंगलबार, कात्तिक २२, २०७९  १४:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update