Kath khabar
सर्वोच्चद्धारा ‘नो, नट अगेन’ अभियान कार्यान्वयन नगर्ने आदेशलाई निरन्तरता


           काठमाडौं, कात्तिक २५ । सर्वोच्च अदालतले ‘नो, नट अगेन’ अभियान चलाउने अभियन्तालाई कारबाही नगर्न यसअघि दिएको आदेशलाई निरन्तरता दिएको छ ।

न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुष्मालता माथेमाको संयुक्त इजलासले हिजो पहिला भएको एकल इजलासको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको हो ।

यसअघि कात्तिक २० गते न्यायाधीश हरिप्रसाद फुँयालको इजलासले ‘नो, नट अगेन’ अभियान चलाउने अभियन्तालाई कारबाही नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।

वरिष्ठ अधिवक्ता डा दिनेश त्रिपाठीले निर्वाचन आयोगलाई विपक्षी बनाई यही कात्तिक १४ गते ‘नो, नट अगेन’ अभियानमा आबद्ध समूहलाई साइबर कानूनअन्तर्गत कारबाही गर्ने निर्देशनविरुद्ध रिट निवेदन दायर गरेका थिए ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २५, २०७९  १०:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update