Kath Khabar
विवेकशील साझा पार्टीका नेता उज्ज्वल थापाको निधन

काठमाडौं, जेठ १८ । विवेकशील साझा पार्टीका नेता उज्ज्वल थापाको निधन भएको छ । ४४ वर्षीय थापाको मेडिसिटी अस्पतालमा उपचारकोक्रममा मंगलबार अपराह्न ४ः२५ बजे निधन भएको विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले जानकारी दिनुभयो ।

कोरोना संक्रमणसमेत भएका थापाको सोमबार मात्र कोरोना रिपोर्ट नेगेटिभ आएको थियो । कोरोना संक्रमणपछि स्वास्थ्यस्थिति जटिल बन्दै गएपछि उहाँलाई अस्पताल भर्ना गरिएको थियो । यसअघि ग्रान्डी अस्पतालमा उपचाररत इक्मो विधिबाट उपचार गर्न मेडिसिटी भर्ना गरिएको थियो ।

प्रकाशित मिति: मंगलबार, जेठ १८, २०७८  १७:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update