Kath Khabar
दाङ- २ मा लोकतान्त्रिक गठबन्धनका रेखाको सुरुआती अग्रता

 

             दाङ, मंसिर ५ । दाङ क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यमा लोकतान्त्रिक-वाम गठबन्धनका तर्फबाट उम्मेदवार नेकपा (माओवादी केन्द्र) का रेखा शर्माले सुरुआती अग्रता लिनुभएको छ ।

दुई हजार सात सय ८० मत गणना हुँदा उहाँले एक हजार चार सय ५० मत प्राप्त गर्नुभएको छ । नेकपा (एमाले)का शङ्कर पोखरेलले आठ सय ४६ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले जानकारी दिनुभयो ।

यस क्षेत्रमा एक लाख ३३ हजार सात सय ४८ मतदाता रहेकामा ७९ हजार चार सय ४६ मत खसेको थियो । यस क्षेत्रको मतगणना घोराहीस्थित जिल्ला समन्वय समितिकोे हलमा जारी छ । (रासस)

प्रकाशित मिति: सोमबार, मंसिर ५, २०७९  १७:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update