Kath khabar
झापा ५ मा २३ हजार मतले अगाडि ओली, जित सुनिश्चित

 

             काठमाडौं, मंसिर ७ । झापा क्षेत्र नं. ५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको जित सुनिश्चित भएको छ । ८५ हजार ६५९ मत गणना सकिँदासम्म ओलीले ४४ हजार ८०५ मत ल्याउनुभएको छ ।

ओलीका निकटतम प्रतिस्पर्धी सत्ता गठबन्धनअन्तर्गत कांग्रेसका खगेन्द्र पाण्डवअधिकारीले २१ हजार १५४ मत प्राप्त गर्नुभएको छ।  उक्त क्षेत्रमा अब १३ हजार ३८६ मत गणना गर्न बाँकी छ ।

 

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १५:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update