Kath khabar
बाल्टिनको पानीमा डुबेर एक वर्षीया बालिकाको मृत्यु


                धनुषा, मंसिर १६ । धनुषाधाम नगरपालिका-७ किसनपुर बस्ने सलाहुदिन अन्सारीकी छोरी १ वर्षीया मनु खातुनको आफ्नै घरको आँगनमा रहेको बाल्टिनको पानिमा डुबेर बिहीबार साँझ मृत्यु भएको छ ।

आफ्नै घरमा खेलीरहेको अवस्थामा आगँनमा राखिएको बाल्टिनको पानीमा डुबेर बेहोस भएकी उनको स्थानीय मेडिकलमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

प्रकाशित मिति: शुक्रबार, मंसिर १६, २०७९  १२:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update