Kath khabar
धनुषामा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु


                    काठमाडौं, मंसिर १७ । धनुषाको गणेशमान चारनाथ नगरपालिका–४ वीरेन्द्रबजारमा ना.१ ज ८३९६ नम्बरको विङगर गाडी र ज.१ च १४९६ नम्बरको पिकअप गाडी एकआपसमा ठक्कर खाई शनिबार बिहान दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा ना.१ ज ८३९६ नम्बरको विङगर गाडीमा सवार हाल नाम, थर, वतन नखुलेका अन्दाजी १३ वर्षीय बालकको घटनास्थलमै र गम्भीर घाइते भएका सोही गाडीका चालक धनौजी गाउँपालिका–४ धनौजी बस्ने २५ वर्षीय अव्दुल मन्सुरी समेत ४ जनाको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

साथै दुर्घटनामा घाइते भएका विङगरमा सवार अन्य ९ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । दुवै गाडी र ज.१ च १४९६ नम्बरको पिकअपका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

प्रकाशित मिति: शनिबार, मंसिर १७, २०७९  १६:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update