Kath khabar
टिपरको ठक्करबाट बनेपामा एक जनाको मृत्यु


             काठमाडौं, मंसिर १८ । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका-८ स्थित सडकमा बनेपाबाट धुलिखेलतर्फ जाँदै गरेको बा.४ ख ५३२४ नम्बरको टिपरको ठक्करबाट पैदलयात्री पनौती नगरपालिका-७ बस्ने ५८ वर्षीय बिश्वनाथ उलखको शनिबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको सिर मेमोरियल अस्पताल हुँदै न्युरो अस्पताल काठमाडौंमा थप उपचारको क्रममा मृत्यु भएको हो । टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

रूपन्देहीको सैनामैना नगरपालिका-४ पुकारबाल्टीस्थित सडकमा लु.१ ज २९४४ नम्बरको विङगर गाडीले लु.२० प ११३५ नम्बरको मोटरसाइकललाई शनिबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक सोही नगरपालिका सिसै डाँडा बस्ने ५५ वर्षीय राम प्रसाद गौतमको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


 

प्रकाशित मिति: आइतबार, मंसिर १८, २०७९  १२:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update