Kath khabar
लुम्बिनीको मुख्यमन्त्री कार्यालय बुटवलबाट रातारात दाङ सारियो


            दाङ, मंसिर २०। लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङको देउखुरी सारिएको छ । बुटवलमा रहेको मुख्यमन्त्री कार्यालयका सम्पूर्ण सामग्रीहरु राती तीन वटा ट्रकमा लोड गरेर मुख्यमन्त्री सहितको सम्पूर्ण टोली स्थायी राजधानी देउखुरी पुगेको हो । अब मुख्यमन्त्री कार्यालको सम्पूर्ण काम देउखुरीबाट नै हुनेछ ।

नवनिर्वाचित लुम्बिनी प्रदेशसभाको सपथ तथा बैठक स्थायी राजधानी देउखुरीमा निर्माणको अन्तिम चरणमा रहेको संसद् भवनमा बोलाउने तयारी गरिएको छ । प्रदेशसभाको दुई तिहाइले गरेको निर्णयलाई व्यवहारीक रूपमा कार्यान्वयन गर्न सफल भएको मुख्यमन्त्री कुलप्रसाद केसीले जानकारी दिनुभएको छ ।

प्रकाशित मिति: मंगलबार, मंसिर २०, २०७९  ११:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update