भालुबाङ, मंसिर २२ । नेपाल कम्युनिष्ट पार्टीका (माओवादी केन्द्र) का स्थायी कमिटी सदस्य एवं लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले अबको नयाँ सरकारको जुन दलले नेकपा (माओवादी केन्द्र) अध्यक्षलाई प्रधानमन्त्रीको प्रस्ताव एवं समर्थन गर्दछ सोही दलसँग नै गठबन्धन हुनुपर्ने बताउनुभयो ।
नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता कुलप्रसाद केसीले ‘सोनाम’ ले आज सञ्चारकर्मीहरुँग गदै उहाँले यस्तो विचार बताउनुभएको हो । उहाँले निर्वाचन अगाडिको सहकार्यको नेपाली कांग्रेस पनि इन्मारदारिता नभएकाले अब नयाँ सिराहाबाट कार्य थालनी गर्नुपर्ने बताउनुभयो । उहाँले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष नै यो देशको प्रधानमन्त्री हुनु पर्नेमा अडान रहेको छ ।
नेपाली कांग्रेसलाई भर्खरै मात्रै प्रधानमन्त्री देउवालाई र यसभन्दा अगाडि एमालेका केपी शर्मा ओलीलाई पनि माओवादी केन्द्रको समर्थनमा बनेकोले गर्दा अब यी दुवै दलले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई नै प्रधानमन्त्री स्विकार्नु पर्ने वस्तुगत अवस्था रहेको बताउनुभयो । उहाँले भन्नुभयोः-“ नेपालमा यदि परिर्वतनका लागि सरकार निर्माण गर्ने हो भने प्रचण्ड नै हुनुहुन्छ उहाँलाई नै अगाडि माओवादी केन्द्रले सारेका छौँ, जसले प्रचण्डलाई प्रधानमन्त्री स्वीकार्छ उसै दलसँग हुने बताउनुभयो ।
सत्ता समीकरणको कोर्ष नयाँ दिशामा पुगेकोले अब गठबन्धनलाई पनि नयाँ कोर्षबाट अगाडि बढाउनु पर्ने बताउनुभयो । संघ सरकार प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गर्ने दलहरू मिलाएर लुम्बिनीमा पनि सरकारको निर्माण हुने बताउनुभयो । मुख्यमन्त्रीको यो मनाईलाई निकै अर्थपूर्ण तरिकाले हेरिएको छ ।