Kath Khabar
समानुपातिक सांसदको नामावलीमा छानबिन गर्दै आयोग,  सच्याउने समय आज र भोलि


                    काठमाडौं, मंसिर २५ । निर्वाचन आयोगले समानुपातिक सांसदहरुको सूची सच्याउन दुई दिनको समय दिएको छ।

दलहरुले बुझाएको समानुपातिक सांसदहरुको सूची समानुपातिक सिद्धान्त र क्लस्टर अनुसार नमिलेको नाम सच्याएर बुझाउन आयोगले आइतबार र सोमबार दुई दिनको समय दिएको हो।

दलहरुले शनिबार सामानुपातिक तर्फको बन्दसूचीमा उल्लेख भएका नामावली निर्वाचन आयोगमा बुझाएका थिए। उक्त नामावली आयोगले छानबिन गरेर प्रमाणित भएपछि मात्रै मान्यता पाउँछ। यदि क्लष्टर नमिलेको भए सच्याएर पुनः पेस गर्न दलहरूलाई आजै पत्राचार गर्ने तयारी रहेको आयोगले जनाएको छ ।

 

प्रकाशित मिति: आइतबार, मंसिर २५, २०७९  १०:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update