Kath Khabar
आयोगले आज निर्वाचनको अन्तिम नतिजा घोषणा गर्दै


                काठमाडौं, मंसिर २८। निर्वाचन आयोगले मंसिर ४ गते भएको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम सार्वजनिक गर्ने भएको छ । आयोगले आज १ः३० बजे पत्रकार सम्मेलन गरी अन्तिम नतिजा घोषणा गर्न लागेको हो ।

यसअघि नै प्रत्यक्षतर्फको अन्तिम नतिजा आइसकेकोमा दलहरूले समानुपातिकको सूची पनि आयोगमा बुझाउने र सूचीमा हेरफेर गर्ने काम समेत सकिएको छ । आज अन्तिम नतिजा घोषणा गरेपछि आयोगले राष्ट्रपतिसमक्ष सम्पूर्ण निर्वाचन परिणाम पेश गर्ने तयारी गरेको जनाईएको छ । त्यसपछि सरकार गठनको प्रक्रिया सुरु हुनेछ।

प्रकाशित मिति: बुधबार, मंसिर २८, २०७९  ११:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update