
काठमाडौं, पुस ७ । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरुलाई आज शपथ ग्रहण गराईदैछ । संघीय संसद् सचिवालयले मंसिर ४ को निर्वाचनबाट निर्वाचित सांसदहरूलाई आज बिहीबार शपथग्रहण गराउन लागेको हो ।
नयाँबानेश्वरस्थित संसद् भवनमा दिउँसो १ बजे नवनिर्वाचित सांसदलाई शपथ ग्रहण गराउने कार्यक्रम रहेको छ । शपथ ग्रहणका लागि सांसद निर्वाचित भएको प्रमाणपत्र लिएर आउन अनुरोध गरिएको संसद् सचिवालले जनाएको छ ।
प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशम्शेर राणाले नवनिर्वाचित सांसदलाई पद तथा गोपनीयताको शपथ गराउनुहुनेछ । शपथ गराएलगत्तै सांसदलाई संसद्को लोगोसमेत प्रदान गरिने तथा नवनिर्वाचित सांसदको सम्मानमा चियापान कार्यक्रम आयोजना गरिनेछ। चियापान कार्यक्रममा राष्ट्रियसभाका सांसदलगायत अतिथिलाई बोलाइएको संसद् सचिवालयले जनाएको छ ।
संसद सचिवालयका अनुसार मातृभाषामा शपथ लिन चाहने सदस्यको सङ्ख्या यसपटक २६ पुगेको छ। सचिवालयले तोकेको समयसीमाभित्र २६ सदस्यले मातृभाषामा शपथ दिने जानकारी सचिवालयलाई गराएका छन्।
संसद सचिवालयका अनुसार १४ फरक-फरक भाषामा २६ सदस्यले मातृभाषामा शपथ लिने भएका छन्। यसैबीच शपथअघि ज्येष्ठ सदस्य जबराले सर्वदलीय बैठक आह्वान गर्नुभएको छ। शपथलाई व्यवस्थित बनाउन भन्दै जबराले बैठक आह्वान गर्नुभएको हो। यो पटक मातृभाषामा शपथ लिन चाहने सदस्यको सङ्ख्या यसपटक २६ पुगेको छ।