नवनियुक्त प्रधानमन्त्री प्रचण्डको शपथ ग्रहण आज

काठमाडौं, पुस ११। तेस्रो पटक नेपालको प्रधानमन्त्रीमा नियुक्त हुनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' लाई राष्ट्रपति विद्यादेवी भण्डारीले आज सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गराउने हुनुभएको छ ।
आज सोमबार अपराह्न ४ बजे प्रचण्डले पद तथा गोपनीयताको शपथ लिनुहुनेछ । राष्ट्रपति कार्यालयका अनुसार सोमबार नवनियुक्त प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ समारोह आयोजना गरिएको छ । प्रधानमन्त्री नियुक्त भएको एक महिनापछि प्रचण्डले प्रतिनिधिसभामार्फत विश्वासको मत लिनुपर्नेछ ।
प्रचण्ड एमाले र राप्रपासहित ७ दल र केही स्वतन्त्र सांसदहरूको समर्थनमा प्रधानमन्त्री बन्नुभएको हो । प्रधानमन्त्रीसहित केही मन्त्रीहरुको पनि शपथ आजै हुने जनाइएको छ ।
प्रकाशित मिति: सोमबार, पुस ११, २०७९ १०:२९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय