Kath Khabar
लुम्बिनीका दुई मुख्यमन्त्रीको गोप्य वार्ताले बनायो प्रचण्डलाई प्रधानमन्त्री


            भालुवाङ, पुस ११ । लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं नेकपा (एमाले) महासचिव शंकर पोख्रेल र नेपाल कम्युनिष्ट पार्टीका (माओवादी केन्द्र) का स्थायी कमिटी सदस्य एवं लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीको गोप्य वार्ताले प्रचण्डलाई प्रधानमन्त्री बनाएको खुलासा भएको छ ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले मंसिर २१ गते नै जसले नयाँ सरकारको जुन दलले नेकपा (माओवादी केन्द्र) अध्यक्षलाई प्रधानमन्त्रीको प्रस्ताव एवं समर्थन गर्दछ सोही दलसँग नै गठबन्धन हुनपर्ने बताउनुको थियो । सोही अनुसार लुम्बिनीका दुई मुख्यमन्त्रीहरुको सत्ता गठबन्धन मिलाउने विषयमा विगत एक महिनादेखि नै छलफल भइरहेकोले गर्दा दुवै काठमाण्डौमा भेला हुनु भएको थियो । पुष ३ गते काठमाडौं पुग्नुभएका मुख्यमन्त्री कुलप्रसाद केसीले काठमाण्डौँमा एमालेका महासचिव शंकर पोख्रेलसँग भेटघाटलाई बाक्लो बनाउनुभएको थियो ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले भन्नुभयोः- “हामीले बामपन्थीहरुसँगको एकतालाई मजबुत बनाउनु नै पर्ने थियो, वर्तमान गठबन्धनले जसरी विश्वास लिन सकेन, पूर्ववत् सहमति अनुसार पनि माओवादी केन्द्रलाई दिनुपर्ने हुँदाहुँदै पनि अंक गणितमा लागेर माओवादीलाई पुरै निस्क्रिय शक्तिको रुपमा बुझ्नु गलत थियो, त्यसैले हामीले यो कदम लिएका हौँ, छलफल चिनबाट उपमहासिचव चिनबाट फर्केपछि त्यसले पूर्णता लिएको हो ।” बाम गठबन्धनलाई नै बलियो बनाउनु पर्ने धारणा राख्दै आउनु भएको थियो । उहाँले भन्नुभयोः यो धेरै लामो छलफलबाट मात्रै सम्भव भएको हो यसका लागि अब फेरी देशमा नयाँ तरिकाले बामलाई स्थापित गर्नुपर्ने धारणा रहेको छ । अब यसरी नै लुम्बिनी प्रदेशको सरकार बन्ने बताउनुभएको छ ।

नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता कुलप्रसाद केसीले ‘सोनाम’ ले आज सञ्चारकर्मीहरुँग गर्दै उहाँले यस्तो विचार बताउनुभएको हो । उहाँले निर्वाचन अगाडिको सहकार्यमा नेपाली कांग्रेस पनि इन्मादारिता नभएकाले अब नयाँ सिराहाबाट कार्य थालनी गर्नुपर्ने बताउनुभयो । उहाँले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष नै यो देशको प्रधानमन्त्री हुनु पर्नेमा अडान राख्दै आउनुभएको थियो ।

नेपाली कांग्रेसलाई भर्खरै मात्रै प्रधानमन्त्री देउवालाई र यसभन्दा अगाडि एमालेका केपी शर्मा ओलीलाई पनि माओवादी केन्द्रको समर्थनमा बनेकोले गर्दा अब यी दुवै दलले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई नै प्रधानमन्त्री स्विकार्नु पर्ने वस्तुगत अवस्था रहेको बताउँनुभयो । उहाँले भन्नुभयोः-“ नेपालमा यदि परिवर्तनका लागि सरकार निर्माण गर्ने हो भने प्रचण्ड नै हुनुहुन्छ उहाँलाई नै अगाडि माओवादी केन्द्रले सारेका छौं, जसले प्रचण्डलाई प्रधानमन्त्री स्वीकार्छ उसै दलसँग हुने आफ्नो धारणलाई तर्क सावित गर्नुभयो ।

उहाँ सत्ता समिकरणका लागि काठमाडौं पुग्नु भएको थियो, १० गते प्रदेशको देउखुरीमा कार्यक्रमका लागि आएको र आज विहानै प्रचण्डले आउनको लागि आग्रह गरेपछि पुन: ११ गते विहान काठमाडौं फर्किनुभएको छ ।

सत्ता समिकरणको कोर्ष नयाँ दिशामा पुगेकोले अब गठबन्धनलाई पनि नयाँ कोर्षबाट अगाडि बढाउनु पर्ने बताउनुभयो । संघ सरकार प्रचण्डलाई प्रधानैमन्त्रीमा समर्थन गर्ने दलहरु मिलाएर लुम्बिनीमा पनि सरकारको निर्माण हुने बताउनुभयो । मुख्यमन्त्रीको यो भनाईलाई निकै अर्थपूर्ण तरिकाले हेरिएको थियो सोही अनुसार नै गठबन्धन भएको छ । यसका लागि शंकर पोखरेल र सबैलाई धन्यवाद व्यक्ति दिनुभएको छ ।


 

प्रकाशित मिति: सोमबार, पुस ११, २०७९  ११:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update