
काठमाडौं, पुस ११ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पदभार ग्रहण गर्नुभएको छ । सोमबार अपरान्ह राष्ट्रपतिसमक्ष शपथ लिनुभएका प्रधानमन्त्री प्रचण्डले साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय पुगेर पदभार ग्रहण गर्नुभएको हो ।
राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको शपथ ग्रहण लगत्तै प्रधानमन्त्री प्रचण्ड लैनचौरस्थित शहीद स्मृति स्मारकमा पुगेर शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो। त्यसलगत्तै प्रधानमन्त्री दाहाल कीर्तिपुर पुगेर पुष्पलाल स्मृति पार्कमा रहेको पुष्पलालको सालिकमा श्रद्दान्जली अर्पण गर्नुभयो । नेकपाका संस्थापक महासचिव पुष्पलालको स्मृतिमा पार्क निर्माण गरिएको छ ।
यस्तै, प्रधानमन्त्रीले नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा रहेको शहीद तथा बेपत्ता स्मृति स्तम्भमा माल्यार्पण गर्नुभएको छ। माओवादीले जनयुद्ध तथा जनआन्दोलनका क्रममा शहादत प्राप्त गरेका एवं बेपत्ता भएका योद्धाको स्मृतिमा स्तम्भ निर्माण गरेको छ ।
सोमबार राष्ट्रपति भवन शीतलनिवासमा प्रधानमन्त्री प्रचण्डसहित ८ जना मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए । यससँगै पहिलो चरणमा ८ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ ।
#पुष्पकमल दाहाल #प्रचण्ड